0 COMMENTS

असोज २२, दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका नगर एकता सम्मेलन तुलसीपुरको बिजौरीमा सम्पन्न भएको छ । पार्टीको नगर संयोजक इश्वरी प्रसाद गैरेको अध्यक्षतामा भएको सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नारायण योगी, पार्टीका रोल्पा जिल्ला इञ्चार्ज नारायण भण्डारी नगर इञ्चार्ज सशिराम बुढाथोकीको बिशेष उपस्थितिमा एकता सम्मेलन सम्पन्न भएको छ । एकता सम्मेलनले मनबहादुर वलीलाई तुलसीपुर उपमहानगरपालिका सचिवमा सर्बसम्मत निर्बाचित गरेको छ । उक्त सम्मेलनले १५ सदस्यीय तुलसीपुर उपमहानगरपालिका नगर समिति गठन गरेको छ ।

निर्बाचित नयाँ नगर समितिलाई बधाई तथा शुभकामना दिँदै दाङ जिल्ला इञ्चार्ज नारायण योगीले तीन वटा पार्टी भत्काएर नयाँ पार्टी जन्मेको हुँदा अबको दिन एकता महाधिवेशन मङ्सिर १३ सम्म डटेर खट्न र एकता महाधिवेशन सम्पन्न गर्नका लागि दिनरात खटेर नयाँ खोज अनुसन्धान नयाँ बिचार सहितको पार्टी स्थापना गर्न जोड दिनुपर्ने भएकोले अहिलेको आबस्यकता पार्टीको एकता महाधिवेशन सम्पन्न गर्न सम्पूर्ण नेता कार्यकर्ताहरु जिम्मेवारीका साथ काममा खट्नुपर्ने कुरा राख्दै प्रशिक्षणात्मक मन्तब्य राखेका थिए । अर्का केन्द्रीय सदस्य नारायण भण्डारीले अबको आवश्यकता भनेको नयाँ बिचार सहितको नयाँ पार्टी नयाँ योजनाका साथ नयाँ जनबादी क्रान्ति सम्पन्न गरि बैज्ञानिक समाजबादमा पुग्ने मार्गचित्र बन्ने सोही अनुसार एकता महाधिवेशनबाट नयाँ बिचार सहितको पार्टी बनाउनुपर्ने कुरा राखे ।

तुलसीपुर नगर इञ्चार्ज सशिराम बुढाथोकी लगाएतका बक्ताहरुले बधाई तथा शुभकामना भन्तब्य राखेका थिए भने कार्यक्रममा शुभकामना मन्तब्य हुपमान राना र कार्यक्रम सञ्चालन इन्दु वलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।