0 COMMENTS

असोज २०, मकवानपुर । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला मङ्गलबार सम्पन्न भएको छ। उक्त भेलाले सद्दाम हुसेनकाे नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ भने बाँकी १ जना सदस्य पछि थप गर्ने निर्णय गरेकाे छ ।

निर्वाचित हुनेहरू सचिवमा सद्दाम हुसेन, सदस्यहरूमा मनकुमार न्याैपाने, हरिकुमार विक, दिपक लामा, मिन बहादुर गाैतम, सचिता देवकाेटा, प्रभा श्रेष्ठ, जावेद अन्सारी, सेराद अन्सारी, अमर लामा रहेका छन् ।

भेलालाई प्रमुख अतिथि एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गणेश खड्की ‘गगन’ ले नयाँ जनवादी क्रान्तिकाे खुड्किलाे पार गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्नु पर्ने बताए । उनले पार्टीकाे राष्ट्रिय एकता महाधिवेशन सफल पार्न मकवानपुर जिल्लाकाे महत्वपूर्ण याेगदान हुने बताए ।

भेलाकाे सद्दाम हुसेनकाे अध्यक्षता, मनकुमार न्याैपानेकाे सञ्चालनमा दिपक लामाले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।