0 COMMENTS

भदाै ३१, सिन्धुली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला अन्तर्गत गोलञ्जोर गाउँपालिका समितिको एकता सम्मेलन जिल्ला इन्चार्ज जीवनको आतिथ्यता र अर्जुन थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

आइतबार सम्पन्न एकता सम्मेलनले ९ सदस्यीय गोलञ्जोर गाउँपालिका समिति निर्माण गरेको छ । जसमा सेक्रेटरी उमेश मगराती र सहसेक्रेटरी डिल्लीमान तोलंगे निर्वाचित भए । जिल्ला सम्मेलनको प्रतिनिधित्व सिङ्गो गोलञ्जोर गाउँपालिका समितिले गर्ने निर्णय समेत गरेको छ ।

सिन्धुली जिल्लामा छ वटा गाउँपालिकामा आगामी असोज १० गतेसम्म एकता सम्मेलन सम्पन्न गरी पार्टी हेडक्वार्टरको निर्देशन अनुसार सिन्धुली जिल्ला समितिको एकता जिल्ला सम्मेलन आगामी असोज १८ र १९ गते सिन्धुलीमाढी बजारमा गरिने जानकारी गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।