0 COMMENTS

भदाै १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक कार्यक्रमहरू अधि बढाएको छ । पार्टीको सेल, वडा कमिटीहरू गठन पुनर्गठन गर्दै नगर स्तरीय भेला सम्मेलनहरूको चरणमा प्रवेश गरेको छ ।

यसैक्रममा शनिबार माडी नगरपालिकाको भेला बसन्तपुर बजारमा सम्पन्न गरेको छ । सिपी सुबेदीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् क्रान्तिकारी महिला सङ्गठन नेपालकी अध्यक्ष अम्बिका मुडभरी रहेकी थिइन् । पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘बिकास’, जिल्ला संयोजक कुलप्रसाद रिजाल ‘जगत’ को आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन तोरण परियारले गरेका थिए भने स्वागत देवीलाल पौडेलले गरेका थिए ।

आसन्न महाधिवेशनमा केन्द्रीय कार्यालयका तर्फबाट प्रस्तुत हुने मुख्य राजनैतिक प्रतिवेदन, यसका परिपूरक हुनेगरी विभिन्न समितिहरूले तयार पारेका प्रतिवेदनहरू, पार्टीभित्र छलफलमा रहेका केही फरक मतसमेत पार्टी सदस्यसम्मलाई छलफलमा सहभागी गराएर महाधिवेशनलाई राजनैतिक-बैचारिक निष्कर्ष र साङ्गठनिक एकतालाई मजबुत बनाई क्रान्तिको पहल र नेतृत्व गर्न सक्ने, पार्टी निर्माण गर्नुपर्ने आवश्यक भएकोले सम्पूर्ण पार्टी सदस्यसम्मलाई यो महान् वहसमा सहभागी हुन प्रमुख अतिथि अम्बिका मुडभरिले आह्वान् गरिन् । उनले दस्तावेजको संक्षिप्त चर्चा पनि गरेकी थिइन् ।

जिल्ला इन्चार्ज विकासले समसामयिक राजनैतिक विषय र चितवन जिल्लामा पार्टीको गतिविधिबारे आफ्नो मन्तव्य राखेका थिए । उनले पार्टीको अगाडि खडा भएको फुटपरस्त प्रवृतिका विरुद्ध क्रान्तिकारीहरू एकताबद्ध हुन जरुरी रहेको समेत बताए । साथै उनले आगामी असोजको १२ र १३ गते दुई दिन जिल्ला सम्मेलन गर्ने र त्यसैको तयारी स्वरूप इलाकाका भेला सम्मेलनहरू आयोजना गरिएको जानकारी गराए ।

त्यसैगरी, जिल्ला संयोजक जगतले प्रस्तुत गरेको नयाँ कार्यसमितिको प्यानल प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ । उक्त भेलाले पुरानो इलाका समितिलाई विघटन गर्दै देवीलाल पौडेलको संयोजकत्वमा १९ सदस्यीय नयाँ समिति निर्माण गरेको छ । नयाँ समितिमा सह-संयोजक सिपी सुवेदी र सदस्यहरूमा तोरणबहादुर परियार, प्रेम आचार्य, भविश्वर महतो, भगवती घिमिरे, सरिता बिक, टंक सुवेदी, मनोज महतो, फिरल चौधरी, बेनी चौधरी, इश्वरी महतो, हिरामणी चौधरी, इन्दिरा छेत्री, समसुर होजा र नारायण महतोलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।