0 COMMENTS

ललितपुर । पशु सेवा कार्यालय, ललितपुरको वार्षिक कार्यक्रम सार्वजनिकिकरण गोष्ठी सम्पन्न भएको छ । पशु सेवा कार्यालय, ललितपुरको आफ्नै सभाहलमा आइतबार संचालित आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार सरोकारवाला निकायहरुको उपस्थितिमा स्वीकृत कार्यक्रमहरुको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति, ललितपुरका प्रमुख ऋषिदेव फुयाँल र विशिष्ठ अतिथि वागमती प्रदेश पशुुपन्छी तथ मत्स्य विकास निर्देशनालय हेटौंडा, मकवानपुरका निर्देशक तथा सहसचिव डा.गौरीमान श्रेष्ठ बोल्नुभएको थियो । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक एवं केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, वाग्मती प्रदेश एन.डि.ए.का अध्यक्ष टीकाप्रसाद घिमिरे, विभिन्न नगरपालिकाका मेयर, उपमेयर, पालिका अध्यक्ष लगायतका अतिथिहरु बोल्नुु भएको थियो । कार्यक्रममा सम्पूर्ण स्थानीयतहका पशु सेवा शाखा प्रमुख तथा प्रतिनिधिहरु लगायत कर्मचारीहरुको उपस्थिति थियो ।
पशु सेवा कार्यालय, ललितपुरका निमित्त कार्यालय प्रमुख डा. नितेश कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन कार्यालयका अधिकृत कृष्ण कार्कीले गर्नुु भएको थियो । सो वार्षिक कार्यक्रम सार्वजनिकिकरण गोष्ठीमा निमित्त कार्यालय प्रमुख डा. नितेश कार्कीले आर्थिक वष २०८१/०८२ को पूूँजीगत र चालुुगत तर्फको वार्षिक कार्यक्रम प्रस्तुत गर्नुु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।