0 COMMENTS

साउन ३०, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ ।

यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११-११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।

जसमध्ये मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, एमालेका ११ र नाउपाका ७ जनाले मत दिने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।