0 COMMENTS

साउन १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शनिबार अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।