0 COMMENTS

असार १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का नेता गोबिन्द विष्टले कैलाली टिकापुरकी विपिका रावलसँग प्रगतिशील विवाह गरेका छन् ।

शुक्रबार काठमाडौंस्थित इच्छुक प्रतिस्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी देश, जनता र कम्युनिस्ट मूल्य मान्यतालाई आत्मसात गर्दै सँगै जीवन यात्रा गर्ने प्रतिवद्धता जाहेर गरे । पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र आफन्तजन सहभागी विवाह कार्यक्रम एक अर्काले माला र अबिर लगाएर सम्पन्न भएको थियो ।

वैवाहिक कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोलाले बर बधुलाई बधाई तथा शुभकामना दिँदै समाजमा विद्यमान परम्परको विरुद्धमा गएजस्तो देखिएपनि प्रगतिशील विवाहले दिर्घकालिन पक्षलाई मजबुद बनाउने विश्वास गरे । त्यस्तै, पार्टीका सिताराम तामाङले १० वर्षे जनयुद्धले स्थापित गरेका यस्ता परम्परा बिस्तारै फिक्का हुँदै गएको अवस्थामा यो विवाहले नव जोडीहरुलाई हौसला दिने बताए । 

हस्य कलाकार सुवोध गौतम, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)का अध्यक्ष नरेन्द्र विश्वकर्मालगायतले बिस्ट र रावलको नव जोडीलाई बधाई तथा शुभकामना दिएका थिए । बर तथा बुधुले आफूहरु जीवनका हरेक परिस्थितिरुमा एकअर्कामा समर्पित हुने मात्रै नभएर पार्टी र परिवर्तनप्रति समर्पित हुने प्रतिबद्धता जाहेर गरेका थिए । उनिहरुले विवाह कर्ममा हुने फजुल खर्चलाई १ लाखको अक्षय कोष जम्मा गरेर समाज रुपान्तरण कार्यमा लगाउने घोषणा पनि गरेका छन् ।

आयोजक अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले अध्यक्षता गरेको सो प्रगतिशील विवाह कार्यक्रमलाई विद्यार्थी नतृ रुपा बुढा सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।