0 COMMENTS

कात्तिक १३, काठमाडौँ । वैकल्पिक पशुपोषणको नर्वे–नेपाल परियोजना पशुपालन क्षेत्रमा वैकल्पिक दाना तथा दानाजन्य पशु स्वास्थ्यवर्द्धक वस्तुको अध्ययन तथा अनुसन्धानका लागि अगाडि बढीरहेको उदाहरणीय सिर (https://site.nord.no/ceer/) परियोजनाले झन्डै दुई बर्ष पुरा गरेको छ । यस परियोजना अन्तर्गत नेपालका ५ पिएचडी तथा ३० भन्दा बढी मास्टर विद्यार्थीहरुले नर्वेको नोर्ड युनिभर्सिटीमा ६ महिनादेखि २ बर्षसम्म अध्ययन र अनुसन्धान गर्ने अवसर पाउनेछन् । यसको लागि यो परियोजना अन्तर्गत नोर्ड युनिभर्सिटी नर्वेले नेपालको काठमाडौँ विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनसँग सहकार्य गर्दैछ । विश्वव्यापी खाद्य सुरक्षाको महत्वपूर्ण अंग रहेको पशुपालन क्षेत्रले वातावरणमा नकारात्मक असर पु¥याउँछ र पशुपालन क्षेत्रमा भएको अत्यधिक एन्टिबायोटिकको प्रयोगले पशु र मान्छे दुबैको स्वास्थ्यमा खराब प्रभाव पार्ने गरेको वैज्ञानिकहरुले बताउँदै आएका छन् । ५ वर्षे अध्ययन अनुसन्धान परियोजनाले नेपालमा भएका किरा, वन तथा कृषि उप–उत्पादनहरु, तथा पानी जन्य वनस्पतिको कसरी भविष्यमा दिगो तथा वातावरणमैत्री पशुपालन क्षेत्रको विकासका लागि टेवा पु¥याउन सक्छ भन्नेमा केन्द्रित हुने बताइएको छ । यो परियोजना अन्तर्गत अहिलेसम्म ५ जना स्नातकोत्तर र १ जना पिएचडीका लागि नेपाली बिद्यार्थीहरु नर्वे गैसकेका छन् भने अरु जाने क्रममा छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरबाट सह–प्राध्यापक सुन्दर तिवारी, र उपप्राध्यापकहरु डा.हिमाल लुइटेल र उज्वल तिवारीले संयोजन गर्दैछन् भने काठमाडौँ विश्वविद्यालयबाट प्राध्यापक बेदमणी दाहालले नेतृत्व गर्दैछन् । यस परियोजनाका प्रमुख संयोजक नोर्ड युनिभर्सिटी नर्वेका सह–प्राध्यापक डा. प्रभात खनाल हुन् ।

को हुन् डा. प्रभात खनाल?

डा. खनाल स्याङ्जा जिल्लाको वालिङ–१४ स्थित बायखोलामा जन्मिएका हुन् । तत्कालिन जनहित प्रा. वि. थुमपोखराबाट प्राथमिक शिक्षा र वालिङ फूलबारीको पूर्णामृत भवानी मा. वि. बाट एसएलसी गरेका डा. खनालले त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान रामपुर चितवनबाट कृषिमा स्नातक गरेका छन् । इजरायलमा ११ महिना कृषि तालिम र सोही देशको हेब्रु युनिभर्सिटी अफ जेरुसेलमबाट पशुपोषणमा स्नाकोत्तर र डेनमार्कको कोपेन्हेगन युनिभर्सिटीबाट विद्यावारिधि गरेका डा. खनाल वैकल्पिक पशुपोषणमा निरन्तर अध्यापन र अनुसन्धान गर्दै आएका छन् । नेपालमा कृषिको विकास कसरी हुन्छ भन्ने प्रश्नमा डा. खनालले भने “कृषिमा समस्याहरु छन् र अन्य क्षेत्रहरुमा जस्तै कृषिमा पनि समस्याको समाधान गर्ने उच्चतम बाटो अनुसन्धान हो । त्यसैले कृषिको विकासको लागि नेपालका विश्वविद्यालयहरु र अनुसन्धान केन्द्रहरुको भूमिका उच्चतम रहन्छ । त्यसको लागि माटो होइन मान्छेमा लगानी गर्न जरुरी छ र ति मान्छेहरु भनेका कृषिका अनुसन्धानकर्ताहरु, विद्यार्थीहरु र किसानहरु हुन् । किसानका समस्याका वास्तविक समाधानहरु चारतारे होटेलका गोष्ठीहरुमा होइन, मंचहरुमा होइन, कृषिका स्नाकोत्तर र विद्यावारिधि गर्दै गरेका बिद्यार्थीहरुका थेसिसहरुमा खोजिनु र भेटिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।