नेपालका ठूला व्यापारीहरूले नेपाली पैसा विदेशी बैंकमा राख्दा यहाँको बैंक हायलकायल बनेको छ । व्यापार गर्ने भनेर नेपालका बैंकबाट कर्जा लिए तर त्यसको दुरुपयोग गरियो । लिएको कर्जा व्यापार व्यवसायमा नभई विदेशी बैंकमा लगेर राख्ने काम भयो । व्यापारका लागि भन्दै करोडौं कर्जा लिने व्यापारीहरू छन् । बैंकहरूले पनि सर्वसाधारणलाई कर्जा नदिने तर ठूला व्यापारीलाई जति भयो उति रकम कर्जा दिने । बैंकहरू सबै ठूला व्यापारीको कब्जामा छ । पछिल्लो समय ठूलो व्यापारीहरूले आफ्नो बचतसहित कर्जा लिएको रकमसमेत विदेश लिएर गए । नेपालका नामी उद्योगपति वा व्यापारीहरू अब नेपाल छोडेर विदेश नै जान्छन् भने खुब चर्चा चुलिएको छ ।
उतै बस्छन् र व्यापार व्यवसाय सञ्चालन गर्छन् भन्ने कुराले बजार तताएको छ । राम्रो कारोबार र चिनजानको आधारमा बैंकहरूले बिना धितो करोडौं रुपैंया ओटी कर्जा दिएका छन् । व्यापारीहरूले बैंकबाट पैसा निकालेर विदेश लगिसकेको कुराबारे सरकार अनविज्ञ छ । यता, सर्वसाधारणमा पनि कुनै जानकारी छैन् । बैंकबाट कसले कति कर्जा लिएको छ ? कसको कति बचत छ ? भनेर नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले चेकजाँच गरेको छैन् । नेपालको पैसा सबै विदेशिसकेको छ । बैंकका सञ्चालकहरू गैर जिम्मेवार हुँदा आज मुलुकको अर्थतन्त्र शिथिल बनेको छ ।
आर्थिक प्रलोभनको पछाडि दौडिदाँ नेपालमा हुनुपर्ने रकम सबै बाहिरियो । एक वर्षको अवधिमा कुन व्यापारीले कति रकम बैंकबाट निकाल्यो ? त्यो रकम कहाँ गयो ? यसको विवरण सरकारले सार्वजनिक गर्नुपर्नेमा अर्थविद्हरूको जोड छ । यसबारे जनताले पनि त पत्तो पाउनुपर्यो । पहिले नेपाली नागरिक विदेश पलायन हुन्थे अब पैसाको पालो आयो । जसले गर्दा यहाँका वित्तिय संस्थाहरू टाँट पल्टिएका छन् । जथाभावी कर्जा दिदाँ आज बैंकको अवस्था गम्भीर बनेको छ । नेपालका प्रतिष्ठित व्यक्तिहरूको कुनकुन विदेशी बैंकमा कति रकम छ ? यसको विवरण सरकारले सार्वजनिक गर्नुपर्छ ।
यसमा नेता, व्यापारी, सरकारी कर्मचारी सबै पर्न सक्छन् । किन कि प्रायजसो प्रतिष्ठित व्यक्तिहरूले आफ्नो कालो कर्तुत विदेशमै लगेर लुकाएका छन् । नेपालमा व्यापार गर्ने, यहाँ बसेर कमाउने । निजी बैंकबाट व्यापार थप बढाउने भनेर कर्जा लिने अनि विदेशमा लगेर राख्ने । यो क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । यस्तो गतिविधि बढेसंगैं जनताको रकम जोखिममा परेको छ । सरकारले नियमन नगर्ने हो भने खाईनखाई बैंकमा लगेर राखेको पैसा सबै डुब्न पनि बेर लाग्दैन् । अहिले जति पनि निजी बैंकहरू सञ्चालनमा छन् ती सबै व्यापारीकै हाताभित्र छ ।
अधिकांश बैंक व्यापारीले खोलेका छन् भने धेरै सेयर पनि उनीहरूकै नाममा छ । बैंक सञ्चालन गर्नेहरूले कमाएको रकम कहाँ गयो भनेर सरकारले छाानबिन गर्नुपर्छ । विदेशी बैंकमा छ कि नेपाली ? यसको खोजतलास हुनुपर्छ । नेपालको पैसा विदेश जानबाट रोक्न नसक्नु सरकारको कमीकमजोरी हो । अझै पनि यसलाई बढावा दिईरहने हो भने नेपालको अर्थतन्त्र ढिलो चाँडो श्रीलंका हुन्छ । यसले निम्त्याउने परिस्थिति झनै गम्भीर हुनसक्छ । बैंकहरू टाँट पल्टिसकेको छ भन्ने कुरा थाहा पाइ सकेका जनताहरू यतिखेर आफ्नो पैसा निकाल्न बैंकमा लाइन बसेका छन् ।
आफ्नो बचत निकाल्नका लागि उनीहरू दौडधुप गरिरहेका छन् । पैसा जम्मा गर्ने जनता तर चलाउने सबै व्यापारी । अब यो पैसा फिर्ता हुने सम्झावना निकै न्यून छ । किन कि यो रकम सबै विदेश पुगिसकेको छ । पैसा फिर्ता नहुनेबित्तिकै बैंकले कर्जा लगानी गर्न पनि सक्दैन् । बचतकर्ताको रकम दिन पनि सक्दैन् । व्यापारीको गुट मिलेर वित्तिय संस्था सञ्चालनमा ल्याउने अनि व्याजको प्रलोभन देखाएर जनता ठग्ने । जनताले बचत गरेको रकम आफूखुसी लगानी गर्ने । आफ्नो व्यापार व्यवसाय ठूलो बनाउन मनलाग्दी लगानी गर्ने । विदेशी बैंकमा लगेर थुपार्ने अनि जनतालाई रुनु न हाँस्नु बनाउने ।
बैंकले जनतालाई दिनुसम्म दुःख दियो । बैंकले गर्दा अर्थतन्त्रलाई थप चाप परेको छ । यसको मार पूरा मुलुकलाई परेको छ । अहिले बैंकले एकदेखि पाँच लाखको चेक साट्न नसक्ने अवस्था अवस्था छ । तर, एउटैं व्यक्तिको बैंकमा करोडसम्म बचत छ । अब उनीहरूलाई कसरी रकम फिर्ता गर्ने ? नयाँले लगेर पैसा राख्ने छैनन् । पूरानाले त आफ्नो पैसा छिटोभन्दा छिटो खोजिहाल्छन् । १४ देखि १६ प्रतिशतसम्म व्याज दिन्छु पैसा ननिकाल्नुस भनेर बैंकका सञ्चालकहरूले हात जोड्दा पनि जनताले सुनेका छैनन् । यतिखेर सबैलाई ब्याजभन्दा धेरै साँवा प्यारो भएको छ ।
साउन लागेपछि बैंकबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा एक खर्ब ५० अर्बभन्दा बढी रकम निकालिएको छ । यति थोरै अवधिमा यत्रो रकम निकाल्नु सायद पहिलोपटक होला । बैंकबाट रकम त बाहिरियो तर डिपोेजिट गर्ने शून्य छन् । राख्ने ठप्प हुँदा निकाल्नेको भीड छ । पाँच लाखको चेक साँट्न पर्यो भने तीन दिनअघि नै सूसुचित गराउन बैंकले आग्रह गर्दै आएको छ । कि त एकएक लाख गरेर निकाल्न भनिरहेका छन् । बैंकमा के कारणले समस्या आयो ? भनेर छानबिन गर्न सरकारले समिति गठन गरेको छैन् ।
बैंकहरू के कारणले डुबे ? भनेर चेकजाँच गर्नुमा सरकारले चासो देखाएको छैन् । कति बैंकहरूले विज्ञापन दिएर जनताको पैसा तान्न खोजिरहेका छन् । जनता फस्लान् कि भनेर ब्याजको प्रलोभन पनि देखाइएको छ । तर, कसैले रत्तीभर पनि चासो दिएको छ । बैंकले आफूमाथि भएको विश्वासनियता गुमाएको योबाट स्पष्ट भएको छ । हिजो पैसा राख्ने बेलामा सजिलोका साथ लियो । तर, निकाल्ने बेलामा झमेला खडा भएको छ । विभिन्न बहाना बनाएर झुल्याउने कामले प्राथमिकता पाएको छ । जसरी हुन्छ आलटाल गर्ने पैसा फिर्ता नदिने ।
बैंकहरूले पैसा फिर्ता नदिनका लागि योजना नै तयार पारेका छन् । आफ्नो पैसा सुरक्षित होला भनेर जनताले बैंकमा लगेर राखे । अहिले सबैलाई थुकथुकी लागेको छ । वित्तिय संस्थामा रकम भएकाहरूको भोक र निद्रा हराएको छ । पैसाचाहि जनताको तर कमाउने चाहि केही सिमित व्यापारीहरू । सीधासाधी जनताले धितो राख्छु कर्जा चाहियो भन्दा पनि बैंकले दिएनन् । तर, व्यापारी र तिनका आफन्तका धितो नराखी सजिलो कर्जा पाए । जसको नतिजा विस्तारै देखिदैछ । बैंकफाइनेन्स र सहकारीलाई जनताले हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको छ ।
जनताले जति विश्वास गरेका थिए त्यो घट्दै गयो । अहिले वित्तिय संस्थालाई जनताले ठगको संज्ञा दिएका छन् । आफ्नो खातामा भएको रकमसमेत बैंकका कर्मचारीहरूले हिनामिना गरेको कुरा यसअघि पटकपटक उठेका थिए । हस्ताक्षर मिलाएर रकम निकालेको विषय बाहिर आएका पनि थिए । त्यतिखेर जनता चुप रहे पनि अब त्यस्तो अवस्था छैन् । बैंकमा पैसा छ भनेर घरमा निर्धक्क भएर बस्ने दिन छैन् । बैंकले आफूलाई कतिखेर डुबाउछ भन्ने चिन्तामा सर्वसाधारणहरू पिरोलिनुपरेको छ । आफ्नो बचत सुरक्षित छ कि छैन् ? भनेर सोधखोज गर्नेहरूको बैंकमा भीड छ ।
चाँडो नाफा कमाउने लोभमा परेर बैंकले जथाभावी कर्जा लगानी गर्यो । सोचविचार नै नगरी गलत क्षेत्रमा धमाधम कर्जा प्रवाह गरियो । विशेषतः बैंकको लगानी चार क्षेत्रमा छ । जलविद्युत, घरजग्गा, सेयर र गाडी । अहिले यी चारै क्षेत्र डुबिसकेको छ । अब न कर्जा उठाउन सक्छ न धिर्ता लिलाम गर्न खोजेपनि बिक्री हुन्छ । हिजो बैंकले कर्जा दिने बेलामा मूल्य उचाइमा पुगेको थियो । तर, अहिले बजारमा मन्दी छाएको छ । कति बैंकले नै सहकारीलाई कर्जा दिएको छ । हालको अवस्था नियाल्ने हो भने सहकारी सबैभन्दा धेरै जोखिममा छ ।
दिनहुँ सहकारीहरू कुलेलम ठोकिरहेका छन् । मुलुकमा यत्रो संकट आँउदाखेरि सरकार किन मौन छ ? बैंक र सहकारीमा भएको जनताको पैसा सबै डुब्ने अवस्थामा आइपुग्यो । यस्तो हुँदा पनि अर्थमन्त्री जनार्दन शर्मा, गर्भनर महाप्रसाद अधिकारी र भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ किन छलफलमा जुट्दैन् । जनताप्रति यिनीहरूको अलिकति पनि दायित्व छैन् ? अब पनि सरकार जिम्मेवार नहुने हो भने ठूलो दुर्घटना हुन्छ । सडकछाप हुनेको संख्या सिधैं उकालो लाग्छ । सरकार जिम्मेवार हुनुपर्यो जनता सचेत । ब्याजको लोभमा सावा नै डुब्न सक्छ ।