कात्तिक २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।