0 COMMENTS

चैत २७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएसँगै ठूलै चर्चा परिचर्चा भइरहेको छ । श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न आफूसँग पार्टीका नेताहरुले दुई करोड रुपैयाँ मागेको भन्दै मेडिकल ‘माफिया’ दुर्गा प्रसाईसँग पैसा मागेका छन् । प्रसाईले सार्वजनिक गरेको अडियो टेपमा श्रेष्ठले मन्त्री बन्न कोर टीमले दुई करोड मागेको र उदारोले नहुने भनेको र आफूसँग पैसा नभएको बताएका छन् । उनले आफू मन्त्री भएपछि प्रसाईसँग मिलेर काम गर्ने समेत बताएका छन् ।

उपचुनावको मुखमा यो अडियो टेप सार्वजनिक भएसँगै सभापति रवि लामिछानेमाथि नै प्रश्न उठेको छ । उनले कोर टिम भनेको एक रवि नै भएको दाबी गरिएको छ । सांसद श्रेष्ठ र लामिछानेको राम्रो दोस्ती भएको र उनकै दवावमा सांसद बनाइएको समेत बताइएको छ । स्थानीय चुनावमा पोखरा उपमहानगरको मेयरमा चुनाव लड्ने तयारी गरेपनि अन्तिममा श्रेष्ठ पछि हटेका थिए । रविले पार्टी घोषणाकै दिन कार्यक्रममा सहभागी भएका श्रेष्ठलाई गण्डकी प्रदेशको जिम्मेवारी दिइएको थियो । श्रेष्ठलाई सामानुपातिक अन्तरगत जनजातिको एक नम्बरमा राखिएको थियो । सरकारमा सहभागिता हुने बेला स्वास्थ्य मन्त्रालय पाए डा. तोसिमा कार्की र डा. चन्दा कार्कीबीच तीब्र प्रतिस्पर्धा हुँदा रविले श्रेष्ठलाई अघि सारेको एक नेताले बताए । दुइटै महिलालाई पछि पारेर श्रेष्ठलाई मन्त्री बनाउन चाहन्थे रवि तर गठबन्धनमा स्वास्थ्य मन्त्रालयले नेकपा एमालेको भागमा परेको थियो ।

त्यसपछि रविले राज्यमन्त्री तोसिमालाई पठाएका थिए । एक नेताका अनुसार श्रेष्ठलाई मन्त्री बनाउने रविले वचन दिएका थिए । अडियो टेपबारे अनुशासन समितिलाई छानविनको जिम्माे दिँदै श्रेष्ठलाई निलम्ब गरिएको छ । सुशासन र भ्रष्टाचारको विरोध गर्ने रविका पार्टीका नेताहरुको पाटो श्रेष्ठको टेपले सार्वजनिक गरेको विश्लेषण हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।