0 COMMENTS

चैत १, काठमाडौँ । प्रधानमन्त्री स्तरिय निर्णयबाट वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान र पुनः श्रम स्वीकृत गर्न नेपाल आउनु पर्ने बाध्यता हटेको छ । प्रधानमन्त्री प्रचण्डको निर्णय अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रावधान हटाएको हो । बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गरेर सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ भने सोही आधारमा श्रम स्वीकृति दिइने जनाएको छ ।

मन्त्रालयका अनुसार यसअनुसार वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ । विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोको सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्णय गरेका हुन् । त्यस्तै, यो निर्णयसँगै अब पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनु नपर्ने भएको छ । मन्त्रालयले पुनः श्रम स्वीकृतको प्रावधान प्रभावकारी रुपमा कार्यान्वयनमा नआउँदा विदेशमा काम गर्ने कामदारले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन नेपाल आउनु पर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएका बेला पाउने राहत र उद्दारको सुविधा नपाएका कारण यस्तो निर्णय गरिएको हो ।

अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ । बैंकिङ र मोवाइल एपबाट नेपालका खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।