0 COMMENTS

पुस २०, काठमाडौँ । पाकिस्तानको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । एकपछि अर्को संकटतिर धकेलिएको श्रीलंकासँग दुई महिना धान्ने मात्रै डलरको रहेको छ । पाकिस्तानसँग विदेशी मुद्रा दुई खर्बभन्दा पनि कम रहेको छ । यो दुई महिनासम्मको आयत धन्न सक्छ ।

यसैबीच आर्थिक र ऊर्जा सङ्कट कम गर्न भन्दै पाकिस्तानले नयाँ नियम बनाएको छ । पाकिस्तानका मन्त्री ख्वाजा आसिफले ऊर्जा र आर्थिक सङ्कटलाई ध्यानमा राखेर नागरिकले अब आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने बताए । उनका अनुसार अब सबै शपिङ मल र बजारलाई रातिको साढे ८ बजेसम्म मात्रै खोल्न दिइनेछ ।

पार्टी प्यालेसहरू पनि राति १० बजेभित्र बन्द गर्नुपर्नेछ भने सबै सरकारी कार्यालयमा ३० प्रतिशतले बिजुली खपत घटाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । पाकिस्तानले अब देशभर ५० प्रतिशतमात्रै सडक बत्ती बाल्ने र ब्याट्रीबाट चल्ने मोटरसाइकलमा जोड दिने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै आउँदो साउनदेखि बढी बिजुली खपत गर्ने पङ्खा उत्पादन बन्द गरिने पनि मन्त्री आसिफले जानकारी दिए । नयाँ उपायबाट वार्षिक २७ करोड डलर बचत हुने विश्वास गरिएको छ । पाकिस्तानले ऊर्जासँगै गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।