0 COMMENTS

असोज २३, काठमाडौँ । नेकपा (बहुमत) सँग आबद्ध विभिन्न जवस/मोर्चाहरूले संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । जवस/मोर्चाहरूले भ्रष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू, एमसीसीलगायत राष्ट्रघाती सन्धि–सम्झौताहरू गर्ने व्यक्तिहरूलाई उम्मेदवार बन्नबाट रोक्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्ति जारी गर्नेहरूमा युवा जनस्वयम्सेवक, नेपालका अध्यक्ष हरिश भट्ट, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद थापा, अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राई, अखिल नेपाल महिला सङ्गठनकी अध्यक्ष अञ्जना तामाङ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक खेम थपलिया, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका संयोजक कमल बुढा, राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपालका संयोजक दर्शन नेपाली र अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका संयोजक मीनराज गिरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।