0 COMMENTS

भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल योङ कम्युनिष्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो ।

शुक्रबार बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेलाको उद्घाटन गर्ने वाइसियल प्रचार विभाग प्रमुख पुष्प ओलीले बताए । ‘ वाइसियलको भदौ ३ र ४ गते हुने दोस्रो भेलाको सम्पूर्ण तयारी पुरा भैसक्यो । देशैभरबाट साढे सात सय प्रतिनिधि, पर्यवेक्षक उपस्थित हुनेछ’ ओलीले भने, राष्ट्रिय भेलाबाट नयाँ नीति र नयाँ नेतृत्व चयन गर्नेछौं ।’

नयाँ नेतृत्वको रुपमा हालका सहसंयोजक सुवोध श्रीपाली अध्यक्ष हुने भएका छन् । अध्यक्षसहित ३५ सदस्यीय पदाधिकारी चयन हुने भएका छन् । उपाध्यक्षसहित महासचिव समेत सहमतिबाटै टुंगो लगाइने भएको छ । यदि सहमति भएन भने चुनावी प्रतिष्पर्धाबााट चयन गर्ने तयारी छ । वर्तमान संयोजक सुमन देवकोटाको उमेर हद ४० पुरा भएकाले नेतृत्वको रुपमा श्रीपाली आउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।