0 COMMENTS

असार २८, काठमाडौँ । बुधबारदेखि अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने भएको छ ।

निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति निकालेर अनलाइनमा काठमाडौँ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो । फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी पेस गर्न सकिने छ ।

फाराम पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।