0 COMMENTS

असार २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरे ।

पुष्पलाल स्मृति प्रतिष्ठान कैलालीले आयोजना गरेको ‘ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पार्टी स्थापना भएको छोटो समयमा नै ९ लाख जनताले मत जाहेर गरेको बताउँदै आउँदो निर्वाचनमा २० लाख मत पाउने दाबी गरे । उनले आफ्नो पार्टीको नीति ज्येष्ठ नागरिकप्रति कदर र सम्मान गर्ने भएको बताए । ज्येष्ठ नागरिकको अनुभव र युवापुस्ताको जाँगरले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने चर्चा गर्दै बलियो भएको ठाउँमा एक्लै लड्ने र कमजोर स्थानमा सम्मानजनक अरू दलहरूसँग चुनावी तालमेल गरिने बताए ।

समाजवादी पार्टीमा इमान्दार निष्ठावान कार्यकर्ताको ठूलो पङ्क्ति रहेकाले संगठन निर्माणसँगै इमान्दारीका साथ जनताको सेवामा लाग्नुपर्ने बताउँदै अध्यक्ष नेपालले गाउँगाउँ, टोलटोलमा गएर संगठन निर्माण गरी जनसमक्ष पार्टीलाई स्थापित गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।