0 COMMENTS

असार १५, काठमाडौँ । रवि लामिछानेले दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह ‘घन्टी’ नपाउने सम्भावना बढेको छ । गत असार ७ गते घोषणा गरिएको पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको ‘घन्टी’ चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह ‘घन्टी’ राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौँ रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।

राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले यसबारेमा आयोगमा छलफल तथा छानबिनपछि आवश्यक निर्णय हुने रातोपाटीलाई जानकारी दिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विरोधमा परेको २ उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।