0 COMMENTS

जेठ ३१, काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोले १-१ गोलको बराबरीमा खेलेका छ। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको ७१ औँ मिनेटसम्म दुवै टोलीले १-१ गोलको बराबरी खेलेका छन्। ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको पहिलो हाफको अन्त्यतिर दुवै टोलीले आक्रामक खेल पस्किए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको थियो। खेल सकिन २० मिनेटभन्दा कम समय बाँकी रहँदा दुवै टोली रणनीतिक परिवर्तन गर्ने दाउमा देखिन्थे। खेलमा मोरक्कोका लागि साइबारीले २१ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, मोरक्कोको त्यो खुसी धेरै बेर टिक्न पाएन। ब्राजिलका स्टार विनेसियस जुनियरले ३२ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

यस समूह ‘सी’ मा ब्राजिल र मोरक्कोसँगै स्कटल्यान्ड र हाइटी पनि रहेका छन्। विश्वकै सबैभन्दा सफल टोली ब्राजिलले यसपटक सुखद सुरुवात गर्ने अपेक्षा गरिए पनि बलियो मोरक्कोले उसलाई कडा टक्कर दिएको छ । छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबारको तेस्रो खेल स्कटल्याण्ड र हाइटीबिच पौने ७ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।