0 COMMENTS

जेठ ३, धनगढी । नदीमा डुबेर कैलालीमा एक बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बम रहेका छन् । शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो । प्रहरीले डुबेकै स्थानबाट उद्दार गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।