वैशाख ४, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको हो।
तर, बिहीबार र शुक्रबार सुनको भाउ तोलामा ६१ सय रुपैयाँ बढेको थियो। हिजो सुन तोलाको ३ लाख २ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँ घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ।
