चैत ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान र अन्य हिमाली भूभागका एकदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।
