0 COMMENTS

चैत १५, चितवन । चितवनमा परीक्षा दिन गएका दुइ विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोही स्थानका सोहि स्कुलमा ७ कक्षामा पढ्ने अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्री पौडीको नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको हो ।

दुई बालकलाइ उद्दार गरि भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो २ः४० बजेको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारीले दिए । ती दुई जना विधार्थी परीक्षा दिन बिहान विधालय पुगेका थिए । त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो १२ः५० बजेको समयमा बाहिर निस्केर पौडी खेल्न नजिकैको नारायणी नदीको भङ्गालोमा पुगेका थिए ।

दिउँसो २ बजेको समयमा विपद व्यवस्थापनको टोलीले दुई बालकको उद्दार गरि अस्पताल पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।