चैत १२, काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ दिलाएका हुन् ।
शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एकएक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोशाकमा पुगेका थिए । केहीले मातृभाषामा समेत शपथ लिए ।
