0 COMMENTS

फागुन २४, काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीहरु प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो । 

असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा अध्यक्ष गौरीबहादुर कार्की, सदस्य पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी छन् ।

आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् र उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।