0 COMMENTS

माघ १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विद्रोह गरी प्रभावशाली नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट विद्रोह गरी पोलिटब्युरो सदस्य तथा केन्द्रीय अर्थ विभागका सचिवसमेत रहेका भीम चापागाईंको नेतृत्वमा २१ जना केन्द्रीय सदस्यसहित करिव दुईसय नेता तथा कार्यकर्ताको टोली नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

आजै बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।