0 COMMENTS

पुस ३०, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्ला सम्मेलन गर्ने भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति नवलपरासीका संयोजक रमेश पाण्डेयका अनुसार सङ्गठनको जिल्ला सम्मेलन आयोजक समितिको बैठकले सम्मेलन तय गर्नेछ । त्यसका लागि आगामी माघ ४ गते आयोजक समितिको प्रशिक्षणात्मक बैठक हुने क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेयले जानकारी दिए ।

यसैबीच जिल्ला सम्मेलन एवम् राष्ट्रिय सम्मेलनको तयारीका कामहरूको क्रममा बर्दघाटमा विद्यार्थी भेटघाट कार्यक्रम गरिएको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो संयोजक मनोज थापाले बताए ।

मङ्गलबार आयोजित विद्यार्थी भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने, क्रान्तिकारी महिला सङ्गठन नेपाल नवलपरासी संयोजक मुक्तमाया महतोलगायत सहभागी थिए ।

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फागुन १, २ र ३ गते काठमाडाैँमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।