0 COMMENTS

मङ्सिर १९, म्याग्दी । बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । 

गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो । आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार  नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ  । 

आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट जोगिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।