मङ्सिर १५, काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ।
मङ्सिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ।

