0 COMMENTS

कात्तिक २५, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।

मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ । तालिका अनुसार उद्‍घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्ने छन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

तालिकाअनुसार एनपीएलको प्लेअफका ३ तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् । त्रिवि क्रिकेट रंगशालामा १० हजार क्षमताको पारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको फाइनल खेल मंसिर २७ गते शनिबार साढे ३ बजे सुरु हुनेछ। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।