कात्तिक २०, काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको छ । सो खण्डमा बिहीबार साझ ५ : १० बजे पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजनका अनुसार पहिरो पन्छाउन मेसिन सम्बन्धित स्थानतर्फ जाँदै छन् । पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १-२ घण्टा लाग्ने अनुमान गरिएको छ । यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न पनि आग्रह गरिएको छ ।
