0 COMMENTS

जेठ २३, काठमाडौँ । नेपाल सरकारले आइतबार दिँदै आएको विदा हटाएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ ।

सरकारले यसअघि सतामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो । दुई दिन विदा दिँदा प्रशासनिक अफ्ठ्याराहरू आएको र अस्पतालहरूमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

असार १ गतेदेखि अब साता विदा शनिबारमात्र हुनेछ । गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।