0 COMMENTS

असोज ३१, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् । अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आईपीयू महासभामा भाग लिन जेनेभा प्रस्थान गरेको हो । राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सम्मिलित संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल शुक्रबार बिहान जेनेभा प्रस्थान गरेका हुन् ।

यही कात्तिक २ गतेदेखि ६ गते (अक्टोवर १९–२३) सम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्षले दाहालले ‘सङ्कटका समयमा मानवतावादी मान्यता र मानवतावादी कार्यलाई समर्थन’ विषयमा मन्तव्य प्रस्तुत गर्नुका साथै द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आइपीयु स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । शाहले महिला सांसदहरूको मञ्चको बैठकमा पनि सहभागी हुनेछन् । 

प्रतिनिधिमण्डल भ्रमण कार्यक्रम सम्पन्न गरी कात्तिक ९ गते आइतबार साँझ काठमाडौँ फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।