असोज ५, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र पत्रकार जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस गरेकी छिन् ।
उनले आइतबार राष्ट्रपति समक्ष अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र पत्रकार जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको नाम सिफारिस गरेकी हुन् ।
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।