असोज २, काठमाडौँ । काठमाडौँको बनस्थलीमा आज बिहान साढे ५ बजे बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।
मृतक संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौँ बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।