भदाै १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकताको ९ औं ललितपुर जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले विश्वासको नेतृत्वमा २५ सदस्यीय जिल्लाका कार्यसमिति निर्वाचित गरेको छ ।
शनिवार लगनखेलमा सम्पन्न सम्मेलनको उद्घाटन गर्दै कार्यवाहक महासचिव गौरवले देशैभर जनविद्रोहको माहौल बनेको बताए । उनले भने, “जनसंघर्ष, वर्गसंघर्ष, जनप्रतिरोध र जनविद्रोहको कार्यदिशा सही साबित हुँदै गएको छ । अहिले देशैभरि जनविद्रोहको माहौल बनिरहेको छ ।” उनले विकसित परिस्थितिलाई मध्येनजर गरी रचनात्मक रुपमा काम गर्न पार्टीपंक्तिलाई निर्देशन पनि दिए।
त्यसैगरी सम्मेलनका विशेष अतिथि तथा पार्टीका पोलिटब्यूरो सदस्य एवम् ९ नं ब्यूरोका इन्चार्ज सागरले ललितपुर जिल्लाको सम्मेलनको पृष्ठभूमि केलाउँदै उदारवाद र उदाशिनता पार्टीको ठूलो रोग भएको बताए । उनले आवाश्यकता र क्षमताको अन्तरविरोध संघर्षकै बिचबाट हल गर्दै जनविद्रोहको कार्यदिशा सफल बनाउन सक्रिय भूमिका निभाउन सबै प्रतिनिधि पर्यवेक्षकहरुलाई आव्हान गरे ।
विश्वासको अध्यक्षता र निरखको सञ्चालनमा सम्पन्न सम्मेलनको बन्द सत्रले विश्वासको नेतृत्वमा निरस, वावुलाल, ईश्वर, इश्वरी, रोशन राजकुमार, पेन्चमाया, कुमार वलिजङ्ग, लगायत २५ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
सम्मेलनमा पार्टी केस कगेन्द्र र दिपकको पनि अतिथिको रूपमा उपस्थिति रहेको थियो भने सम्मेलनमा बाबुलाल लोप्चनले स्वागत गरेका थिए । सम्मेलनमा कगेन्द्र पनि शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनबाट निर्वाचित कमिटीलाई शपथ खुवाउँदै दिपकले बधाई तथा शुभकामना दिए ।