भदाै १२, हैदरावाद । २६ अगस्त २०२५ का दिन अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति महिला विभागको आयोजनामा आयोजित नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज बेजोड रुपमा बाक्लो जनउपस्थितीले हल खचाखच भरिएको अवस्थामा भव्य र सभ्य रुपमा सुसम्पन्न भएको छ ।
उक्त प्रगतिशील तिज कार्यक्रमको अध्यक्षता अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति महिला विभागको अध्यक्ष दिलमाया थापो गर्नु भएको थियो भने अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति महिला विभागका सचिव कोपिला धिमालले प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो । अखिल भारत नेपाली एकता समाजका भुतपुर्व महासचिव कृष्ण केसी बिशिष्ट अतिथी रहनु भएको थियो । अन्य अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द थापा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सचिवालय सदस्य राम प्रसाद पौडेल लक्ष्मी शर्मा, सूर्य बहादुर पुन, अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका सचिव पदम कार्की, कोषाध्यक्ष गोविन्द बहादुर केसी,पशुपति शर्मा, केदार शर्मा अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति महिला विभागबाट माया परियार, दिपा पौडेल,कमला शमार्, शान्ति पुन, समाजसेवी कुशल व्यवसायी रमेश वि कले अतिथि आसन ग्रहण गर्नु भएको थियो । देश र जनताको लागि विभिन्न किसिमका युद्ध जनआन्दोलनमा सहादत प्राप्त गर्नुहुने सहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा सहभागी सबै जनमानसलाई शब्दबाट सपना मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । वक्ता कोपिला धिमालले नेपाली महिलाहरुको अवस्था अझै पनि दर्दनाक छ । रुढीवादी परम्परा र संस्कृतिको कारण महिलाहरू माथी दासत्व लादिएको छ । यसको लागि अखिल भारत नेपाली एकता समाजमा आवद्ध भई अन्याय अत्याचार शोषण दमनको प्रतिकार गर्न सक्ने हुन आवश्यक छ भन्दै उहाँले आफना भनाइहरु राख्नु भएको थियो ।
समेधनका क्रममा आज देश भित्र कलकारखाना र उद्योगधन्दाहरु नेपाली शासकहरुले चौपट पारेको कारण नेपाली महिलाहरु संसारका विभिन्न देशमा रोजगारीको लागि जानु परेको र त्यहाँ गएर पनि दैनिक समस्याहरु समाधान हुन नसक्ने निश्चित छ भन्ने मन्तव्य राख्नु भएको थियो ।
अर्को वक्ता राम प्रसाद पौडेलले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना दिनुभएको थियो । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द थापाले भारत स्थित श्रमजीवी नेपालीहरुका आम समस्याको समाधानको लागि अविभावकीय भुमिका निर्वाह गरेको र यसको लागि व्यापक जनताको साथ चाहिने कुरा आफ्नो मन्तव्यमा राख्नु भएको थियो ।
विशिष्ठ वक्तका रुपमा अखिल भारत नेपाली एकता समाज भु पु महासचिव कृष्ण केसीले देशमा दलाल प्रतिक्रियावादी राज्य व्यवस्थाका भएको कारण उद्योग धन्दा कलकारखाना व्यापार व्यवसाय सबै ठप्प रहेको छ र जसको कारणले एक दिनमा हज्जारौं युवाहरु विदेश पलायन भएका छन् भने एकै दिनमा २०÷ २५ जना नेपाली कामदारहरुको लास काठको बाकसमा एयरपोर्टबाट नेपाल भित्रिने गरेको दर्दनाक अवस्था छ, यसको विषयमा नेपालको राज्य सत्ता संचालक नालायकहरु नतमस्तक छन् । के यिनीहरुको कर्तव्य देश भित्र नै आफ्नो नागरिकहरुलाई शिक्षा स्वास्थ्य र रोजगारी दिनु पर्ने होइन त ? तर त्यो विषयमा कुनै योजनावद्ध रुपले काम गरेको देखिदैन । हाम्रो देशको भूगोल भित्र थुप्रै सम्भावनाहरु छन् । प्राकृतिक स्रोत र साधनले हाम्रो देश धनी छ । बहुमुल्य धातु , जलस्रोत, पर्यटन र मानव स्वास्थ्यमा निकै फाइदा गर्ने औषधिहरुको भण्डार रहेको देश आज दलालहरुले कंगाल बनाएका छन् । देशमा व्यवस्थाहरु धेरै परिवर्तन भए तर नेपाली जनताको अवस्थामा परिवर्तन ल्याउन सकेनन । त्यसकारण यो दलाल प्रतिक्रियावादी राज्य व्यवस्थाको ठाउँमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादी व्यवस्थामा नै सर्वहारा वर्गको मुक्ति सम्भव छ । त्यसको लागि हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कृयाशिल रहेको छ भन्ने सन्देश दिनु भएको थियो ।
आज हाम्रो देश नेपाल दुई वटा बिसाल र शक्तिशाली देशको विचमा अवस्थित छ । शक्तिशाली राष्ट्रहरुले अविकसित र कम्जोर राष्ट्रलाई विस्तारवादी र नव साम्राज्यवादी देश चिन र भारतको आफ्नो स्वार्थको लागि नेपालको अभिन्न अंग कालापानी , लिम्पुलेख र लिम्पियाधुरा नेपाली भुमी नेपाललाई कुनै सुचना समेत नदिएर चिन र भारतको व्यापारिक नाका खोल्ने जुन समझौता गरिएको छ, यो अति निन्दनीय र आपत्तिजनक छ र यसको लागि हाम्रो पार्टीले परराष्ट्र निती अनुसार उनीहरुको आफ्नो संझौतालाई कार्यन्वयन नगर्न दवाब सिर्जना गरेको छ । नेपालको भुमी भएको यथेष्ट प्रमाण सहित अन्तर्राष्ट्रिय अदालतमा कुटनीतिक नोट पठाई आफ्नो भूमिमा कुनै हस्तक्षेपकारी क्रियाकलाप नगर्न चेतावनी दिनु पर्ने कुरा आफ्नो मन्तव्यमा राख्नु भएको थियो । अन्तमा उहाँले कार्यक्रमका आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको सन्चालन अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । अन्त्यमा कार्यक्रमका अध्यक्षद्वारा प्रगतिशील तिज कार्यक्रम ऐतिहासिक भव्य र सभ्य रुपमा सुसम्पन्न भएको घोषणा गर्नु भएको थियो ।