भदौ १, काठमाडौँ । क्रान्तकारी सुकम्बासी संघ नेपालले सुकुम्बासीमाथि काठमाडौँ महानगरपालिकाले बर्बर आक्रमण गर्ने जस्तो अमानवीय हर्कतप्रति तीव्र निन्दा तथा भत्र्सना गर्दै सो घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तकारी सुकम्बासी संघ नेपालका संयोजक भीम चापागाईंले शुक्रबार प्रेस वक्तव्यमार्फत सुकुम्बासीमाथि ठूलो संख्यामा जनपद, सशस्त्र र नगर प्रहरी परिचालन गर्दै सुकुम्बासीले खाई नखाई बनाएका छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण गर्ने अमानवीय हर्कतप्रति तीव्र निन्दा तथा भत्र्सना गर्दै सो घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न जोडदार माग गरेका हुन् । साथै उनले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका निम्ति सम्पूर्णलाई संगठनमा गोलबन्द हुन आग्रह गरेका छन् ।
क्रान्तकारी सुकम्बासी संघ नेपालका संयोजक भीम चापागाईंको प्रेस वक्तव्यमा भनिएको छ, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तकारी सुकम्बासी संघ नेपालले हिजो मिति २०८२ साउन ३० गते ठूलो संख्यामा जनपद, सशस्त्र र नगर प्रहरी परिचालन गर्दै काठमाडौं महानगरपालिकाले मनोहरास्थित गरिब किसान, मजदुर, दलित, सुकुम्बासी वस्तीमा जनताको संविधानप्रदत्त आवास र भूमिमाथिको अधिकार हनन् गर्दै डोजर आतंक, सुकुम्बासीले खाई नखाई बनाएका छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण गर्ने जस्तो अमानवीय हर्कतप्रति तीव्र निन्दा तथा भत्र्सना गर्दै सो घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न जोडदार माग गर्दछ ।’
संयोजक चापागाईंको प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘जीवनका अन्य कुनै विकल्प बाँकी नभएपछि देशका विभिन्न ठाउँहरूमा घर, छाप्रा र टहरा बनाएर बस्नु सुकुम्बासीहरूको बाध्यता हो । त्यो वाध्यतालाई बुझेर तीनै तहका सरकारले छिटोभन्दा छिटो भूमि समस्या समाधान गर्न पहल गर्नु पर्दथ्यो । अहीलेको दलाल संसदीय व्यवस्थाद्धारा सञ्चालित तीनै तहका सरकारहरुले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संविधानले दिएको अधिकार विपरित गएर गाँसबासको कुनै वैकल्पीक व्यवस्था नगरि चाँडाबाडको मुखैमा बस्ती उठाउने जस्ता अमानविय हर्कतको घोर भत्र्सना गर्द छ । तसर्थ सम्पूर्ण भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई राज्यले अर्को व्यवस्था नगरुन्जेल यथास्थानमा बस्ने व्यवस्था मिलाउन तीनै तहका सरकारसँग जोडदार रुपमा माग गर्दछौँ ।’
सुकुम्बासी संघको संयोजक भीम चापागाईंको प्रेस वक्तव्यमा भनिएको छ, ‘दशकौँदेखि घरटहरा बनाएर जमिनको पाउने कानुनी प्रक्रिया गएका भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थीतलाई लालपुर्जा लालपुर्जा उपलब्ध गराउनुको सट्टा डोजर लगाएर उठिबास लगाएकाले उक्त कुरा तरुन्त बन्द गर्न गराउन काठमाडौं महानगरपालिकासँग जोडदार माग गर्दछौँ । अन्यथा पछि आउने अवस्थाको जिम्मेवार स्वयं महानगरपालिका हुने चेतावनी दिन चाहन्छौँ । हाम्रो संगठन तीनै तहका सरकारहरूले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई यथाशिघ्र लालपुर्जा वितरण गर्दैन भने हामी भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको आवास र भूमिअधिकारको रक्षाका लागि सडकमा आउन बाध्य हुनेछौँ ।’
संयोजक भीम चापागाईंको प्रेस वक्तव्यको अन्त्यमा भनिएको छ, ‘नयाँ जनवादी क्रान्तिको खुड्कीलो पारगर्दै वैज्ञानिक समाजवादले मात्रै भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान हुने हुँदा सम्पूर्ण भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई संगठनमा गोलबन्द हुन आग्रह गर्दछौँ ।’