असार १४, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।
सूचनाअनुसार शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।
यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।
२०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए।
पूरक परीक्षातालिका :