0 COMMENTS

असार ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा गरिएको ठाडो हस्तक्षेप र सैन्य आक्रमणको कडा शब्दमा विरोध गरेको छ ।

मङ्गलबार पार्टीका कार्यवाहक महासचिव गौरवले प्रेस वक्तव्यमार्फत् उक्त विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो विरोध गरेका हुन् ।

वक्तव्यमा त्यस प्रकारको हस्तक्षेपका विरुद्ध प्रतिरोध गरिरहेका इरानी जनताप्रति ऐक्यबद्धता जाहेर गर्दै विश्वभरिका न्यायप्रेमी जनसमुदायलाई अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन सशक्त आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।