असार ९, काठमाडौँ । अमेरिकाले इरानका तीन आणविक सुविधाहरूमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि छ ।
अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक सुविधाहरूमा आक्रमण गरेपछि एसियाली सेयरबजारहरू ओरालो लागेको थियो ।
तेलको मूल्य सोमबार पाँच महिनाकै उच्च बिन्दुमा पुगेको एनडीटीभीले जनाएको छ । तेलको मूल्य दुई प्रतिशतभन्दा माथि उक्लिएको छ, यो जनवरीयताकै उच्च हो ।
यसले विश्वव्यापी गतिविधि र मुद्रास्फीतिमा जोखिम निम्त्याएको समाचारमा उल्लेख छ । अहिले ग्लोबल बेन्चमार्क ब्रेन्ट तेल २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलरमा पुगेको छ ।
अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ७५.९८ डलरमा पुगेको छ ।