0 COMMENTS

फागुन १७, काठमाडौँ । झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । घाइतेमध्ये सबै सात यात्रुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलीखेल अस्पताल पठाइएको उनले बताए ।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राईका अनुसार मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।