0 COMMENTS

फागुन १५, काठमाडौँ । हिउँदे अवधि सकिने अन्तिम दुई दिन आज र भोलि पश्चिमी वायु सक्रिय हुने भएको छ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।मङ्सिर १६ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । यस अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेकोमा यसपटक झण्डै १० मिलिमिटर मात्रै वर्षा भएको छ ।

हिउँदे वर्षा नहुँदा सुक्खा बढेको छ । यसले वायुमण्डलमा धुवाँ, धुलो थुप्रिँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिएको छ । आज र भोलिको वर्षाले प्रदूषण हटाउन सहयोग पुग्ने मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।