0 COMMENTS

फागुन १४, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका आज (बुधबार) घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताएका थिए । प्रतियोगितामा नेपाल र म्यानमारसँगै लेबनान र किर्गिस्तानले पनि सहभागिता जनाएका थिए । फाइनलमा पुगेका दुवै टोलीले लिग चरणमा लेबनान र कीर्तिस्तानलाई हराएका थिए । नेपाल र म्यानमारबीचको खेल भने बराबरीमा सकिएको थियो ।

नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन । यसअघि यी टोलीबीच तीन पटक भेट भएको छ । जसमा म्यानमारले दुई खेल जित्दा एक खेल भने बराबरीममा सकिएको छ । यसर्थ नेपाल आज घरेलु मैदानमा हराएर इतिहास रच्ने दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।