मङ्सिर १८, काठमाडौँ । २०७३ मा पहिलो संस्करण प्रकाशित भएको यो पुस्तकको दोस्रो संस्करण प्रकाशनको जिम्मेवारी नयाँ पाइला त्रैमासिक, पोरखा कास्कीले लिएको छ । फरक साईज अर्थात २४ ईन्च/१६ ईन्चमा ३२ पेज रङ्गीन तथा ५०४ पृष्ठ साधा गरि कुल ५३६ पृष्ठको पुस्तकका लेखक कृष्ण वाग्ले ‘रूपेश’ हुन् ।
प्रस्तुत पुस्तकको पहिलो खण्डमा गोरखामा कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि पछिल्लो विकासक्रमको सङ्क्षिप्त इतिहास, विभिन्न समयमा चलेका जनआन्दोलनमा भएको बलिदान, निरङ्कुश कालका जेल हिरासतका विवरण रहेका छन् भने दोस्रो खण्डमा संसदीय व्यवस्था, चुनाव र कम्युनिस्ट पार्टी, पञ्चायतकालको निर्वाचन र त्यसमा कम्युनिस्ट पार्टीको तत्कालीन नीति र सहभागिता एवम् तेस्रो खण्डमा जनयुद्धका विषय रहेका छन् । साथै, जनयुद्धमा गोरखा जिल्लाका विविध पाटा-पक्षबारे सङ्क्षिप्तमा उल्लेख गरिएको छ । त्यसै गरी, परिशिष्ट खण्डमा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका अगजहरूको सामान्य जीवनी, विशेष अन्तर्वार्ता, जनयुद्धका योजना, नेतृत्वमा भएको हेराफेरी रहेका छन् । साथै, तस्बिर खण्डमा पार्टी स्थापनायताका मुख्य कालखण्डका नेता-कार्यकर्ता, जनयुद्धका सहिद बेपत्ता र विविध तस्बिर समावेश गरिएका छन् ।
कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै लगातार राज्यको दमनका विविध आयामहरूको घेरामा पर्दै आएको हुँदा इतिहासका कतिपय लिखित र बैठकका आधिकारिक दस्तावेजहरू उपलब्ध हुनु करिब-करिब कष्टसाध्य पक्षका बिचबाट कतिपय तत्कालीन नेतृत्वसँग सम्बन्धित छलफलबाट प्राप्त विषयलगायत विविध सन्दर्भ-सामग्रीलाई तथ्य र आधार मानेर इतिहासको सत्य-तथ्यलाई लिपिबद्ध गर्ने प्रयास गरिएको छ । प्रस्तुत पुस्तकको पूर्व-संस्करणका कतिपय सीमालाई सच्याइनुका साथै, आवश्यकताअनुसार पुनर्लेखन गरिएको छ । यसका अलवा लेखनका विविध सीमाका कारण यसमा पनि कतिपय तथ्य-तथ्याङ्क अवश्य छुट्न पुगेका छन् ।
वर्तमान महत्वपूणर् समय भए पनि यसमा विगतको ठूलो योगदानले उल्लेख्य काम गरेको हुन्छ । चालु समयले विगतको संस्मरण गर्दै आउँदो समयको आँकलन, लक्ष्य तय गर्न सकेन भने त्यसको केही महत्पूणर् हुँदैन । त्यसैले भनिन्छ, इतिहासले हामीलाई केही पनि सिकाउँदैन, यदि हामीले इतिहासबाट पाठ सिकेनौँ भने खाली दण्ड-सजायसिवाय अरू केही दिँदैन ।
प्रस्तुत पुस्तक गोरखा र जनयुद्ध (कम्युनिस्ट आन्दोलन, बलिदान र शिक्षा) को मुख्य पक्ष विषयको हिसाबले भने नेपाली जनयद्धमा गोरखा नै रहन गएको छ ।