कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ४४ रिक्त स्थानमा मंसिर १६ मा हुने स्थानीय उपचुनावको भण्डाफोरसहित बहिस्कार गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्यमा ४ बुँदे भण्डाफोर/बहिस्कारका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।
बहिस्कार कार्यक्रमहरुमा १) संसदीय व्यवस्थाको भण्डाफोर गर्दै पार्टी जिल्ला समितिहरुले वक्तव्य दिने, २) व्यापक रुपमा पर्चा वितरण, भित्तेलेखन र ब्यानर प्रदर्शन गर्ने, ३) भण्डाफोर सभाहरु गर्ने । र, ४) सम्बन्धित उम्मेद्वारहरुलाई नउठ्न पार्टीका तर्फबाट आफ्नो कुरा स्पस्ट गर्ने । रहेको छ । वक्तव्यमा सबै तहहरु, जनवर्गीय संगठनहरु, आम जनसमुदाय र वामपंथी, क्रान्तिकारी जनवादी र देशभक्तहरुलाई यस चुनावको बहिष्कार गर्न आह्वान गरिएको छ ।