कात्तिक २७, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो ।