0 COMMENTS

कात्तिक ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाको जिल्ला अधिवेन सम्पन्न भएको छ । अधिवेसनले महािधवेसन आयोजक समिति सदस्य गोविन्द काफ्लेलाई सेक्रेटरीमा निर्वाचित गरेको छ ।

सम्मेलनको उदघाटन पार्टीका कार्यलय सदस्य तथा ३ नं. संयोजक अटलले गर्नुभएको थियो । सम्मेलनले ३ जना पछि थप्ने गरी १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

दोलखा पार्टीका संयोजक अभियानको अध्यक्षतामा सम्पन्न अधिवेसनलाई पार्टीका सचिवालय सदस्य पुर्णबहादुर खडका, महाधिवेसन आयोजक समिति सदस्य तथा रामेछाप सेक्रेटरी लाङगाली मगर तथा दोलखाका माओवादी नेता इस्वर थापाले शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अटलले एकता महाधिवेशनबाट क्रान्ति सम्पन्न गर्न लायक क्रान्तिकारी पार्टी निर्माण गर्ने र क्रान्तिकारी कार्यदिशा पारित गर्ने विश्वास व्यक्त गरे । साथै त्यसका लागि उनले आ-आफ्नाे ठाउँबाट याेगदान पुर्याउन पार्टी पंक्तिलाई आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।