0 COMMENTS

असोज १५, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुर्खेत जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको अध्यक्षता सुर्खेत जिल्ला संगठन समितिका संयोजक प्रकाश आचार्यले गर्नु भएको थियो भने सम्मेलनको उद्घाटन प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा ६ न. प्रदेशका इन्चार्ज  प्रेम सुवेदीले गर्नु भएको थियो । आफ्नो उद्घाटन मन्तव्यमा प्रेम सुवेदीले भन्नु भयो कि  पार्टीको राष्ट्रिय एकताको महाधिवेशनलाई सफल पार्न पार्टीले तोके अनुसार स्थानिय तह र जिल्लाको सम्मेलनहरु देशै भर धमाधम भैं रहेका छन् । यश शिलसिलामा सुर्खेत जिल्लाको ऐतिहासिक एकता सम्मेलन पनि आज सम्पन्न भई ंरहेको छ । पार्टि सम्मेलन जसरि ऐतिहासिक र असाधारण परिस्थितिको विच गर्दै छौं, देशको राजधानी प्रकृति प्रकोपले तहसनहस भएको छ, यश दुःखद क्षणमा आफ्नो ज्यान गुमाउनु हुने सवै प्रर्ति श्रद्धाञ्जली व्यक्त गर्दै,दुःखमा परेका सवै परिवारजनमा समवेदना र यश घटनामा परि घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना, सम्पुर्ण घाइतेहरु निःशुल्क उपचार गर्ने सरकार संग जोडदार माग गर्नु भयो ।

उहाँले राष्ट्रिय एकताको महाधिवेशन सम्पन्न गर्न सवै तह र तप्का रहेका पार्टी नेता कार्यक्रतालाई प्रेरित गर्दै यो हाम्रो आगामि क्रान्तिको नितिनियम बनाउने थलो भएकाले सवैले नीति निर्माणमा आ–आफ्नो स्तरबाट सुझावहरु दिन समेत आग्रह गर्नु भयो । यश अधिवेशनमा पार्टीमा आएका सवै खालका स्वस्थ बहसहरुले अझ बलियो र मजबुत बनाउने र विचारधारात्मकरुमा पनि अझ पर्खर बनाउछ, त्यसकारण बहसबाट भाग्नेहरु कायर हुन, अब   यश प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाप्रति जनताको विश्वास नरहेको अब यसका विरुद्ध क्रान्तिकारी आन्दोलनले मात्र समाधान वा निकास निकल्छ, जसले नयाँ जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादमा जानुको विकल्प छैन, भन्दै सम्मेलनको सफलताको शुभकामना दनु भयो ।

शुभकामना मन्तव्य राख्ने अन्यमा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक दिपकबहादुर शाही, पार्टी  केन्द्रीय सदस्य पुर्ण प्रशाद पौडेल, र पार्टी केन्द्रीय सदस्य श्याम कार्कि, पार्टी केन्द्रीय सदस्य नारायण न्यौपाने हुनुहुनथ्यो ।

कार्यक्रमको संचालन रत्न वलिले गर्नु भएको थियो । उद्घाटन  शर्तको समापन पछि, दोश्रो बन्द शर्त सुरु भयो ।  दिपक, पुर्ण, श्याम रहेको तीन सदस्यीय अध्यक्ष मण्डल हलले पास  गर्दै,  अध्यक्ष मण्डलका जेष्ट सदस्य पुर्ण पौडेलको अध्यक्षतामा र संचालन श्याम कार्कीले गर्नु भएको थियो । बन्द शर्तबाट सर्वसम्मतरुपमा रत्न वलि सेक्रेटरी रहने गरि १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।